स्थानीय तहका कर्मचारीको आन्दोलन जारी

होमल्याण्ड खबर

२०८० आश्विन १८ गते, बिहीबार १५:३३ मा प्रकाशित

स्थानीय तहका कर्मचारीले बिहिबार पनि आन्दोलन जारी राखेका छन्।

दिउँसो १२ बजे उनीहरूले माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका छन्।

प्रदर्शनका लागि विभिन्न जिल्लाबाट कर्मचारी काठमाडौं आएका हुन्।  सरकारले माग सुनुवाइ नगरे शुक्रबारदेखि स्थानीय तहका काम ठप्प पार्ने कर्मचारीले चेतावनी दिएका छन्।

सरकारले ल्याउन लागेको संघीय निजामती विधेयकमा आफूहरूलाई नसमेटेको विरोधमा काठमाडौं केन्द्रित आन्दोलन थालेका हुन्। ऐनविहीन अवस्थामा रहेका स्थानीय तहका कर्मचारीको माग सम्बोधन हुने गरी एकीकृत संघीय निजामती ऐन ल्याउनुपर्ने उनीहरूको माग छ।

काठमाडौंको माईतीघर मण्डलामा भेला भएर उनीहरुले एकीकृत निजामति सेवा ऐन जारी गर, अन्तरप्रदेश सरुवा लागू गर, सेवा करारका कर्मचारीको उचित व्यवस्थापन गर, लगायतका प्लेकार्ड बोकेर विरोध जनाएका छन्।