बचतकर्ताको साढे ४ करोड हिनामिना गरेको आरोपमा सहकारीका अध्यक्ष पक्राउ

होमल्याण्ड खबर

२०८० आश्विन १८ गते, बिहीबार १६:२१ मा प्रकाशित

बचतकर्ताको रकम हिनामिना गरेको आरोपमा देउराली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रवीन्द्र चौलागाई पक्राउ परेका छन् ।

बचतकर्ताको झण्डै साढे ४ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी)को टोलीले सहकारी संस्थाका अध्यक्ष चौलागाईलाई पक्राउ गरेको हो ।

चौलागाईंमाथि सहकारीको ४ करोड ४९ लाख ९९ हजार ४४३ रुपैयाँ हिनामिना गरेको आरोप छ । संचालक समितिका सदस्यहरुले निक्षेपकर्ताहरुलाई आर्कषक ब्याजदर दिने भन्दै प्रलोभन देखाएर रकम सहकारी मुद्दती, निक्षेप, आवधिक बचत, शेयर तथा विभिन्न बचत खातामा जम्मा लगाएका थिए ।

मासिक,त्रैमासिक र वार्षिक रुपमा ब्याज पाउने तथा निर्धारित अवधि नाघेपछि निक्षेपको सम्पूर्ण साँवा, ब्याज फिर्ता पाउने विश्वासका बचतकर्ताहरुले रकम जम्मा गरेपनि सहकारीले फिर्ता नगरेपछि पीडित प्रहरीमा उजुरी गरेका थिए ।