१ चैत्र २०८२, आईतवार
नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको प्रथम अधिवेशन आज (शुक्रवार)देखि सुरु हुने भएको छ ।
अधिवेशनको एमाले अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभागृहमा अपरान्ह १२ बजे उद्घाटन गर्ने कार्यक्रम रहेकाे छ।


आयोजक कमिटीका अध्यक्ष प्रेम पराजुलीका अनुसार एमालेका अधिकांश भौगोलिक प्रदेश कमिटीका अधिवेशन सकिन लाग्दा पूर्वनिर्धारित तालिका अनुसार गैह्र भौगोलिक र बुद्धिजीवी–कर्मचारी क्षेत्रका सदस्यको प्रतिनिधित्वमा अधिवेशन गर्न लागिएको बताए।
उद्घाटनअघि शान्तिबाटिकाबाट प्रदर्शनीमार्गसम्म पदयात्रा गरिनेछ।
कुल ३०४ प्रतिनिधि रहने अधिवेशनले ७५ सदस्यीय नयाँ नेतृत्व चयन गर्नेछ। यस प्रदेश कमिटी मातहत बुद्धिजीवी विशेष, मजदुर, विद्यार्थी र उद्योग–व्यावसय गरी चार जिल्ला कमिटी र ५८ इलाका कमिटी छन्।