राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु

होमल्याण्ड खबर

२०७५ कार्तिक १५ गते, बिहीबार ११:०३ मा प्रकाशित

सरकारले राष्ट्रिय परिचय पत्र छपाईको काम बिहीबारदेखि सुरु गर्दैछ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका निर्देशक एवं सूचना अधिकारी शिवराज जोशीका अनुसार पहिलो चरणमा झण्डै ५० हजार परिचय पत्र छापिने छ ।

केन्द्रले पहिलो चरणमा परिचयपत्र छाप्न सिंहदरबारका ७ हजार कर्मचारी र पाँचथरका १ लाख १० हजार नागरिकको व्यक्तिगत विवरण संकलन गरेको छ । व्यक्तिगत र वायोमेट्रिक विवरण संकलन भएका व्यक्तिको परिचयपत्र छाप्ने केन्द्रको तयारी छ ।

राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रका निर्देशक एवं सूचना अधिकारी जोशीका अनुसार परिचयपत्रमा आमाबुबाको नामसहित व्यक्तिको व्यक्तिगत विवरण हुनेछ ।