१० मंसिर २०८१, सोमबार
सरकारले बझाङ भूकम्पमा परी निधन भएका व्यक्तिको परिवारलाई आर्थिक सहयोग स्वरूप तत्काल दुई लाख रुपैयाँ दिने घोषणा गरेको छ ।
भूकम्प प्रभावित क्षेत्रको अवलोकनका लागि बझाङ पुगेका प्रधानमन्त्रीले यस्तो घोषणा गरेका हुन् । गत मंगलवार गएको भूकम्पमा एक जनाको निधन भएको थियो ।
सरकारले भूकम्पमा परी घाइते हुनेहरूको निःशुल्क उपचारको प्रबन्ध मिलाइएको घोषणा पनि गरेको छ ।
भूकम्प प्रभावितलाई राहत सामग्रीहरू पाल, कम्बल, औषधी, खाद्यान्न, लत्ताकपडा, अपाङ्गता भएका व्यक्तिलाई आवश्यक पर्ने सामग्रीहरूको व्यवस्थापन गरिएको भन्दै सरकारले थप सामग्री आवश्यक परेमा तीनै तहका सरकारको समन्वयमा व्यवस्था गरिने जनाएको छ ।