२३ बैशाख २०८३, बुधबार
शीतल निवासस्थित राष्ट्रपति भवन अगाडि विराेध प्रदर्शन गर्ने कृष्ण पहाडीसहित १३ जना मानव अधिकारवादी पक्राउ परेका छन् ।
मानव अधिकार तथा शान्ति समाजले सोमबार गरेकाे विरोध प्रदर्शनको क्रममा १३ जना मानव अधिकारवादी पक्राउ परेका हुन्।


शान्ति समाजले राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न, कैद माफी गर्दा तलदेखि माथिसम्म भएको सम्भावित आर्थिक चलखेलबारे गहिरो छानबिन गर्न लगायत विषयमा केन्द्रित रही समाजले राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शन गरेको जनाएकाे छ।
उनीहरूले कुशासन र दण्डहीनता विरुद्ध असोज २१ गते देखि १० बुँदामा केन्द्रित रही देशव्यापी अभियान प्रारम्भ गरेको छन्। विरोध प्रदर्शनमा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीसहित नागरिक अगुवा र अधिकारकर्मीहरूको सहभागिता रहेकाे थियाे।संविधान दिवसका अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले दिएका सजाय माफीको विषय निकै विवादित बनिरहेको छ ।