५ मंसिर २०८१, बुधबार
राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले इजरायलमा अतिवादी हमासको आक्रमणपरी निधन भएका १० जना नेपाली विद्यार्थीप्रति दु:ख व्यक्त गरेका छन्। अध्यक्ष तिमिल्सिनाले सोमबार एक विज्ञप्ति जारी गर्दै विद्यार्थीको निधन भएको खबरले आफूलाई स्तब्ध बनाएो उल्लेख गरेका छन्।
‘घाइतेको शीघ्र स्वाथ्यलाभको काममनाका साथ इजराइलमा रहेका नेपालीको उद्दार,राहत र नेपाल फर्कन चाहनेलाई स्वदेश फर्काउने सम्पूर्ण व्यवस्था मिलाउन नेपाल सरकारसमक्ष विशेष अनुरोध गर्दछु।’
अध्यक्ष तिमिल्सिनाले शोकको यस घडीमा दिवंगत भएकाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदनना प्रकट गरेका छन्।