इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले भोलि राष्ट्रिय शोक मनाउने घोषणा

होमल्याण्ड खबर

२०८० आश्विन २२ गते, सोमबार १७:०४ मा प्रकाशित

इजरायलमा मृत्यु भएका नेपालीहरूको शोकमा सरकारले मंगलबार राष्ट्रिय शोक मनाउने घोषणा गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले उक्त निर्णय गरेको सरकारकी प्रवक्ता तथा सूचना तथा सञ्‍चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।