इजरायलमा रहेका सबै नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारियो : परराष्ट्र मन्त्रालय

होमल्याण्ड खबर

२०८० आश्विन २३ गते, मंगलवार ११:१४ मा प्रकाशित

 इजरायलमा जाेखिमयुक्त ठाउँमा रहेका सबै नेपाली विद्यार्थीलाई सुरक्षित स्थानमा सारिएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपालबाट ‘पढ्दै कमाउँदै’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका सबै बिद्यार्थी दूतावासको सम्पर्कमा रहेको र इजरायलले हवाई उडानको अनुमति दिनासाथ स्वदेश फर्काउने पनि मन्त्रालयले जनाएको छ ।

इजरायली सेनाको सहयोगमा सबै विद्यार्थीहरुलाई सुरक्षित स्थानमा सारिएको र ५० भन्दा बढी विद्यार्थीलाई स्थानान्तरण गरिसकिएको पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सरकारले नेपालीहरुको स्वदेश फिर्तीमा सहयोग गर्न हिब्रू भाषा जान्ने स्थानीयलाई बढीमा ३ महिनाका लागि काममा लगाउन इजरायलस्थित नेपाली दूतावासलाई स्वीकृती पनि दिएको छ।