४ आश्विन २०८३, आईतवार
क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणीको मुद्दाको पेसी आजलाई तोकिएको छ । असोजमा दुई पटक पेसी चढे पनि स्थगित हुँदै आएको थियो ।
सर्वोच्च अदालतले गत १५ फागुनमा नै चाँडो फैसला गर्न आदेश दिएको थियो ।


न्यायाधीश सपना प्रधान मल्ल र कुमार चुडालको संयुक्त इजलासले लामिछानेको मागबमोजिम विदेश जान अनुमति दिँदै बलात्कारको मुद्दामा काठमाडौँ जिल्ला अदालतलाई शीघ्र सुनुवाइ तथा निरन्तर सुनुवाइ का प्रक्रिया अवलम्बन गरी छिटो कारबाही किनारा गर्नू भनी आदेश दिएको थियो ।
उक्त आदेश दिएको ७ महिना पूरा हुँदा पनि जिल्ला अदालतले अन्तिम फैसला सुनाउन सकेको छैन ।