एमाले मधेशमा पदाधिकारी सर्वसम्मत चयन, अध्यक्षमा चन्देश्वर मण्डल

होमल्याण्ड खबर

२०८० आश्विन २६ गते, शुक्रबार १३:४१ मा प्रकाशित

 नेकपा एमाले मधेश प्रदेशको पदाधिकारी चयन सर्वसम्मत भएको छ ।

अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका हुन्। मण्डल सिराहाका जिल्ला अध्यक्ष हुनुहुन्छ।

उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी (रौतहट ) र मोहम्मद कैस (धनुषा) चयन भएका हुन्।

जनकपुरधाममा बुधबारदेखि जारी एमालेको प्रथम अधिवेशनमा बिहीबार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने कसरतपछि पदाधिकारीमा सहमति जुटेको हो ।

निर्वाचन समितिले बिहीबार साढे ५ बजे निर्वाचन तालिका र प्रतिनिधिको नामावली प्रकाशन गरेको थियो। पदाधिकारीसहित सदस्यहरुमा मनोनयन दर्ता भइरहेको एमाले नेता सन्तोष यादवले जानकारी दिए। सकेसम्म सदस्यसहित पदाधिकारी चयन गरेरै नयाँ नेतृत्वको घोषणा गर्ने एमालेको तयारी छ ।