९ मंसिर २०८१, आईतवार
सिद्घार्थ बैंकर नेसनल बैंकिङ इन्स्टिच्युटबीच (एनबीआई) मंगलबार तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एनबीआईले सिद्घार्थ बैंकका कर्मचारीहरूको कार्य दक्षता विकासका लागि विभिन्न तालिमहरू उपलब्ध गराउनेछ ।
उक्त सम्झौतापत्रमा सिद्घार्थ बैंकका तर्फबाट प्रमुखकार्यकारी अधिकृत शम्भुनाथ गौतम र नेसनल बैंकिङ इन्स्टिच्युटका प्रमुख कार्यकारी अधिकृत सञ्जीव सुब्बाबीच हस्ताक्षर भएको छ ।