९ मंसिर २०८१, आईतवार
त्रिकोणात्मक टी-२० क्रिकेट शृंखलाअन्तर्गत दोस्रो खेलमा नेपालले हङकङबाट ९५ रनको सामान्य लक्ष्य पाएको छ। नेपालका तीव्र गतिका बलरले उत्कृष्ट प्रदर्शन गर्दा हङकङ ९४ रनमा समेटिएको हो।
हङकङले १९.३ ओभरमा सबै विकेट गुमाएर ९४ रन जोड्यो। नेपालका करन केसीले ४ तथा सोमपाल कामी र अविनाश बोहराले २/२ विकेट लिए। कुशल मल्ल र मौसम ढकालले एक/ एक विकेट हात पारे।
हङकङका यासिम मुर्ताजाले सर्वाधिक ३६ रन बनाए। १४ रन जोड्दा सुरुवाती ४ विकेट गुमाएको हङकङ लगातार दबाबमा आएको थियो। करनले चार ओभरमा १५ रन खर्चिए।