९ मंसिर २०८१, आईतवार
आईसीसी टी–२० विश्वकप छनोट अन्तरगत नेपाल र ओमानबिचको फाइनल खेलमा नेपालले पहिलो विकेट गुमाएको छ । आसिफ शेख ६ रन बनाएर आउट भएका हुन् ।
बिलाल खानको बलमा आसिफ क्याचआउट भए । नेपालले १ विकेटको क्षतिमा १५ रन बनाएको छ ।
कीतिपुर विश्वविद्यालयको मैदानमा भइरहेको आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो । प्रतियोगितामा दुई टोलीबिच यो दोस्रो खेल हो । यसअघि समूह चरणको खेलमा ओमानले नेपाललाई हराएको थियो ।