४ मंसिर २०८१, मंगलवार
सरकारले भूकम्पमा परी ज्यान गुमाएका मृतकका परिवारलाई २ लाख रुपैयाँको दरले राहत उपलब्ध गराउने निर्णय गरेको छ।
आज बिहान बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारको प्रवक्ता समेत रहेकी सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।
उनका अनुसार बैठकले बाँकेको नेपालगञ्ज र कर्णाली प्रदेशको राजधानी सुर्खेतलाई मुख्य विन्दु बनाएर उद्धार, राहत र पुनर्स्थापनाको निर्णयसमेत गरेको छ ।