भाइटीकाको साइत बिहान १०:५१ बजे

होमल्याण्ड खबर

२०८० कार्तिक २० गते, सोमबार १६:०४ मा प्रकाशित

यो वर्षको तिहारअन्तर्गत भाइटीकाको शुभसाइत बिहान १० बजेर ५१ मिनेटमा हुने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।

समितिले सोमवार एक विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएको हो ।

यो वर्ष भाइटीका कार्तिक २९ गते बुधवार परेको छ ।

‘भाइटीकाको शुभ साइत कार्तिक २९ गते बुधवार बिहान १०ः५१ बजे रहेको जानकारी गराइन्छ,’ समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

नेपालीहरूको दोस्रो ठूलो चाड तिहार कात्तिक २५ गतेदेखि शुरू हुँदैछ । भाइटीका तिहारको महत्त्वपूर्ण र अन्तिम दिन हो ।

यो दिन विशेषगरी दिदीबहिनीले दाजुभाइलाई टीका लगाइदिने चलन छ ।

null