४ मंसिर २०८१, मंगलवार
नेपाली कांग्रेसले भूकम्प पीडितलाई राहत प्रदान गर्ने उद्देश्यले ५० लाख रुपियाँको चेक आज प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको छ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालागयत नेताहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सो चेक प्रदान गरेका हुन्।
जाजरकोट र रुकुम पश्चिममा भूकम्पबाट पीडित तथा प्रभावितहरूको उद्दार एवं राहतका लागि ५० लाखको चेक बालुवाटारमा प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषका लागि प्रधानमन्त्रीलाई हस्तान्तरण गरिएको कांग्रेसले जनाएकाे छ।
कार्यक्रममा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेताहरु सहभागी थिए।