प्रधानमन्त्री र मन्त्रीहरुको १ महिनाको तलब भूकम्पपीडितलाई दिइने

होमल्याण्ड खबर

२०८० कार्तिक २३ गते, बिहीबार १३:५६ मा प्रकाशित

 प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको तलब भूकम्पपीडितलाई दिइने भएको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीसहित मन्त्रीहरुको एक महिनाको पारिश्रमिक दिने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।

“प्रधानमन्त्रीलगायत मन्त्रिपरिषद्का सबै सदस्यहरुले भूकम्प पीडितका लागि एक महिनाको पारिश्रमिक दिने भन्ने निर्णय भएको छ,” उनले भनिन् ।