९ मंसिर २०८१, आईतवार
अखिल नेपाल फुटबल संघ (एन्फा)को विशेष साधारणसभाले अध्यक्ष पंकजबिक्रम नेम्वाङलाई बर्खास्त गर्ने सम्बन्धी प्रस्ताव अस्वीकृत गरेको छ ।
हेटौंडामा भएको विशेष साधारणसभामा नेम्वाङलाई बर्खास्त गर्न माग गर्दै परेको प्रस्तावमाथि मतदान भएको थियो ।
प्रस्तावको पक्षमा एक मत पनि परेन भने विपक्षमा ५२ मत परेको छ । एक मत बदर भएको छ ।