२३ बैशाख २०८३, बुधबार
काठमाडाैैं। काठमाडौं महानगरपालिकाभित्र नेपालीहरुको महान चाड तिहारका अवसरमा हुने देउसी भैलो राति १ बजेसम्म खेल्न पाइने भएको छ। महानगरले राति १ बजेसम्म देउसी भैलो खेल्न सकिने व्यवस्था गरेको महानगरका मेयर बालेन शाहले जानकारी दिएका छन्।
‘विगतका वर्षहरूमा कोभिडको कारण तथा सुरक्षाको कारणले गर्दा तिहारमा देउसी भैलो खेल्ने समय काठमाडौं महानगर भित्र राति ९ बजेसम्म मात्र खेल्न अनुमति दिइएको थियो ।’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यो वर्ष काठमाडौं महानगर नगर प्रहरीले ‘राति १’ बजेसम्म सुरक्षाको लागि पेट्रोलिङको व्यवस्था मिलाएको छौं र सोही समयसम्म मर्यादित भएर देउसी भैलो खेलिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।’


साथै मेयर शाहले नेपाल प्रहरी तथा जिल्ला प्रशासन कार्यालयलाई सोही अनुरुपको सुरक्षाको प्रबन्ध मिलाउन पनि आग्रह गरेका छन् ।