प्रशासनले दुर्गा प्रसाईंलाई बल्खुमा कार्यक्रम गर्न दिने

होमल्याण्ड खबर

२०८० मंसिर ५ गते, मंगलवार १२:१२ मा प्रकाशित

काठमाडौं। मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’ले आयोजना गर्न लागेको प्रदर्शनको कार्यक्रम स्थल बल्खुमा तोकिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रसाईंलाई बल्खुमा प्रदर्शन गर्न दिने निर्णय गरेको हाे।

माइतीघरमा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेपछि युवा संघले पनि काठमाडौंको तीनकुनेमा कार्यक्रम गर्ने घोषणा गरेको छ। युवा संघका अध्यक्ष क्षितिज थेबेले सोमबार सूचना जारी गरेर कार्यक्रमस्थल तीनकुनेमा सरेको जानकारी दिएका छन्।

प्रसाईंले यही मंसिर ७ गते व्यवस्था उल्टाउने भन्दै काठमाडौंमा एक लाख मान्छे उतार्ने घोषणा गरेका छन्। त्यही दिन एमालेले पनि काठमाडौंमा आफ्नो कार्यक्रम गर्दैछ।