भरतपुरमा महिला र पुरुषको शव भेटियो

होमल्याण्ड खबर

२०८० मंसिर ६ गते, बुधबार १५:०३ मा प्रकाशित

चितवनको भरतपुर महानगरपालिका–१२ मिलनचोकमा राजमार्ग निजकै दुईवटा शव भेटिएको छ ।

सडकको पुलमुनि दुईवटा बोरामा महिला र पुरुष शव भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । मृतकको सनाखत नभएको र उमेर अन्दाजी ३०/३५ वर्षको जस्तो देखिने घटनास्थलमा नै रहेका चितवनका प्रहरी  जानकारी दिए ।