४ मंसिर २०८१, मंगलवार
दुर्गा प्रसाईँले आयोजना गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’काे प्रदर्शन सुरु भएको छ। प्रदर्शनमा ठूलो संख्यामा समर्थकहरूकाे उपस्थिति रहेको छ ।
अभियान’को र्यालीमा गणतन्त्र र संघीयताविरोधी चर्काे नारा लागेको छ। बिहीवार बल्खुमा हुने सभाअघि निस्किएका र्यालीमा गणतन्त्र र व्यवस्थाविरोधी नारा लागेको हो।
र्यालीमा सहभागीले ‘गणतन्त्र खारेज गर, नारायणहिटी खाली गर’जस्ता नारा लगाएका छन् । प्रदर्शनकारीहरुले ‘नारायणहिटी खाली गर, हाम्रो राजा आउँदैछन्, हाम्रो राजा हाम्रो देश, प्राणभन्दा प्यारो छ, दलालहरु होसियार, राजा आउँ, देश बचाउ’ लगायतका नारा लगाएका छन् ।