८ मंसिर २०८१, शनिबार
२३ कारोबार दिनपछि नेप्से पुनः १९ सय विन्दु माथि उक्लिएको छ। आज ४७.७५ अंकले बढेको बजार १९०७.९५ विन्दुमा पुगेको हो।
उच्च अंकले बढेको बजारमा २ अर्ब १ करोडको कारोबार भएको छ। अघिल्लो कारोबार दिन नेप्सेमा १ अर्ब ३३ करोडको कारोबार भएको थियो।
पछिल्लो ३७ कारोबार दिनपछि २ अर्बको कारोबार भएको छ। पछिल्लो समय दैनिक १ अर्ब कारोबार आज २ अर्ब १ अर्ब पुगेको छ।
आज १८५९.२४ विन्दुमा खुलेको बजार निरन्तर बढेर २.५६ प्रतिशतले वृद्धि भएको छ। बढेको बजारमा २१४ कम्पनीको सेयरमूल्य बढेको छ भने २३ कम्पनीको घटेको छ।
त्यसैगरी, तीन कम्पनीको सेयरमूल्य स्थिर नै देखिएको छ।
आज छयादी हाइड्रोपावर र भवगति हाइड्रोपावरको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ।
नेप्सेमा सोनमपुर मिनिरल कम्पनीको सर्वाधिक ११ करोड ६६ लाख र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ७ करोडको कारोबार भएको छ।
इन्फिनिटी लघुवित्तको सेयरमूल्य सर्वाधिक २.४७ प्रतिशतले घटेको छ।