प्रहरीका तीन जना एसपीको काज सरुवा, काे कहाँ ? (सूचीसहित)

होमल्याण्ड खबर

२०८० मंसिर १० गते, आईतवार १७:११ मा प्रकाशित

काठमाडौं । नेपाल प्रहरीका तीन जना उपरीक्षक (एसपी)हरूको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले शुक्रबारको निर्णयअनुसार उनीहरूलाई काज सरुवा गरेको हो ।

जसअनुसार रञ्जु सिग्देलको काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा, अनुपम शम्शेर जबरालाई नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालमा र राजेन्द्रप्रसाद धमलालाई नेपाल प्रहरी प्रधान कार्यालय कानुन शाखा नक्सालमा सरुवा भएको छ ।