४ मंसिर २०८१, मंगलवार
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ चलाइरहेका व्यवसायी दुर्गा प्रसाईँले आफ्नै नेतृत्वमा समानान्तर सरकार गठन गर्ने घाेषणा गरेका छन्। आज (आईतबार) प्रत्रकार सम्मेलन गर्दै उनले मंसिर ३० गते समानन्तर सरकार घोषणा गर्ने बताएका हुन् ।
‘आम जनसमुदायका बीचमा जान र उनीहरुलाई परिचालन गर्न हामीले सुरु गरेको अभियानलाई विकेन्द्रीकृत गरी मंसिर ३० गतेभित्र नागरिक सरकार गठन गरी गाउँ–गाउँ, वडा–वडादेखि सशक्त बनाई लैजाने निर्णय गरेका छौं,’– प्रसाईँले भने ।
गत मंसिर ७ गतेबाट सुरु गरिएको आन्दोलनको औचित्य पुष्टि भएको दाबी गर्दै उनले अब जनताका घर–घरमा पगेर आन्दोलन अझ सशक्त बनाउने बताए। वैदिक सनातन हिन्दुराष्ट्र र राजसंस्थाको मुद्दालाई स्थापित गराउन थप आन्दोलन गर्ने उनले बताए ।
‘अब यो देश बचाउनका निमित्त आम जनसमूदायलाई एकताबद्ध हुनुपरेको छ । यसका लागि हामीले हाम्रा कार्यक्रमरुलाई थप परिस्कृत गर्ने निर्णय गरेका छौं । अब हामी शोषित पीडित जनताका घर–घरमा पुग्नेछौं । उहाँहरुलाई थप उर्जा दिएर जागरुक गोलबद्ध र एकीकृत गर्नेछौं,’–उनले भने ।
साथै, आगामी फागुन १ गते मेचीमा बालेको दीयो पुनः राजाको हातबाट काठमाडौंमा बालेर जनविद्रोहलाई थप सशक्त बनाउने समेत उनले उद्घोष गरेका छन्।