हुम्लामा बाक्लो हिमपात

होमल्याण्ड खबर

२०८० मंसिर १८ गते, सोमबार ११:०३ मा प्रकाशित

सोमबार बिहानैबाट हिमाली जिल्ला हुम्लामा हिमपात सुरु भएको छ। रातभर मौसम सफा रहेको भए पनि बिहानैबाट मौसम बिग्रिँदा हिमपात भई रहेको हो ।

हिमपात जिल्लाका अधिकांश भूभागमा भई रहेको छ। हिमपातसँगै चिसो बढेपछि हाल जुम्लाको तापक्रम ३ दशमलव ९ डिग्रीमा झरेको छ । चिसोको कारण जनजीवन कष्टकर बनेको छ भने चौपायालाई समेत समस्या भएको छ ।

बाक्लो हुस्सुका कारण हवाई सेवा समेत अवरुद्ध भएको छ । गहुँ जौ, उवा छर्ने समय भएकाले किसानहरू भने खुसी भएका छन्।