२३ बैशाख २०८३, बुधबार
निर्वाचन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा ४० देशका निर्वाचनसँग सरोकार राख्ने संघ संस्थाका प्रतिनिधि काठमाडौंमा भेला भएका छन्।
‘दिगो लोकतन्त्रको निर्माण चुनावी चुनौती र अवसर’ भन्ने मुख्य नाराका साथ एसिया तथा प्रशान्त क्षेत्रका निर्वाचन व्यवस्थापन गर्ने निकायका प्रमुख तथा प्रतिनिधिसहित काठमाडौंमा आयोजित सम्मेलनमा सहभागी भएका हुन्।


आज बुधबारदेखि सुरु भएको निर्वाचन आयोग नेपाल र एसियन नेटवर्क फर फ्री इलेक्सनको संयुक्त आयोजनामा दुई दिने निर्वाचन कार्यक्रमको पराराष्ट्रमन्त्री एनपी साउदले उद्घाटन गरेका छन्।
चुनाव नै लोकतन्त्रको मुख्य आधार भएकाले स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगबाट निर्वाचन गर्न सबैले सघाउनुपर्ने बताएका छन्। कार्यक्रममा विभिन्न देशको असल निर्वाचन व्यवस्थापनलाई आदान प्रदान गर्ने कार्यक्रमको लक्ष्य रहेको बताएका छन्।
कार्यक्रममा एसियाका निर्वाचन व्यवस्थापन निकाय र सम्बद्ध सरोकारवाला निकायका उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको छ।
सम्मेलनमा नेपाल लगायत अन्य मुलुकका विज्ञले ७ वटा विषयमा केन्द्रित रही २१ वटा कार्यपत्रहरू प्रस्तुत गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ। दुई दिने सो सम्मेलनले निर्वाचन सुधारमार्फत लोकतन्त्र सुदृढ र निर्वाचनका विषयमा काठमाडौं घोषणापत्रसमेत जारी गर्दैछ।