विराटनगरका एक युवकमाथि भारतीय सीमाक्षेत्रमा गोली प्रहार

होमल्याण्ड खबर

२०८० मंसिर २५ गते, सोमबार १०:२३ मा प्रकाशित

विराटनगरका एक युवकमाथि भारतको जोगबनीमा गोली प्रहार भएको छ ।

विराटनगर महानगरपालिका–८ मधुमाराका २७ वर्षीया निर्दोष संग्रौलामाथि आइतबार साँझ विराटनगर–१६ दक्षिण गेटदेखि पारी सीमाक्षेत्र भारतीय भूमि जोगबनीमा अज्ञात समूहले उनीमाथि गोली प्रहार गरेको थियो ।

उपभोग्य खाद्यवस्तु खरिदका लागि भारतको जोगबनी पुगेर फर्कने क्रममा आफूमाथि गोली प्रहार भएको उनले बताए ।

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलका अनुसार गोली प्रहारबाट घाइते भएका संग्रौलाको विराटनगरस्थित कोशी अस्पतालमा उपचार भइरहेको छ । उनको वायाँ तिघ्रामा गोली लागेको छ ।

उनलाई सशस्त्र प्रहरीको टोलीले उद्दार गरी अस्पताल पुर्याएको थियो ।