२३ बैशाख २०८३, बुधबार
१५ जना उपसचिवलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरिएको छ। लोकसेवा आयोगको बढुवा समितिको बैठकले कार्यक्षमताको मूल्यांकनका आधारमा नेपाल प्रशासन सेवाका १५ जना उपसचिवलाई सहसचिवमा बढुवाका लागि सिफारिस गरेको हो।
बढुवा सिफारिस हुनेहरूमा नर बहादुर थापा, गोपीकृष्ण कोइराला, शालिकराम आचार्य, ध्रुव बहादुर खड्का, दीर्घ बहादुर पोखरेल, घनश्याम उपाध्याय, तीर्थ प्रसाद धिताल, राजेश गौतम, ऋषिराम पंगेनी, रामराज उपाध्याय (कडरिया), राजकपुर चौलागाईं, सन्तोष प्रसाद दाहाल, सूर्य बहादुर खत्री, जीवन प्रसाद दुलाल र ऋषिराज आचार्य रहेका छन्।

