२३ बैशाख २०८३, बुधबार
सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ स्थित कमलादेवी माध्यमिक विद्यायलका दुई शिक्षक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ परेका छन्।
पीडित छात्राको जाहेरीका आधारमा गत शुक्रबार पक्राउ परेका शिक्षकद्वय सुरेन्द्र कोइराला र कविराज पौडेलमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


विद्यालयमा अध्ययनरत दुई छात्राले जाहेरी दिएपछि पक्राउ परेका उनीहरुलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ ।