१ चैत्र २०८२, आईतवार
एनसेलको शेयर खरिद विक्रीको विवादसम्बन्धी रिट स्थगित सूचीमा परेको छ। स्वतन्त्र सासद अमरेशकुमार सिंहले दायर गरेको यस मुद्दाको पेसी यस अघि पनि पाँच पटक तोकिएपनि सुनुवाइ हुन सकेकाे छैन्।
अमरेशकै कानुन व्यवसायीका तर्फबाट रिट स्थगित भएको हो। गत मंसिर २२ मा स्वतन्त्र सांसद सिंहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।


दायर गरेको रिट मंसिर २४, २५, २६, २७ र २८ गते हेर्न नभ्याइनेमा परेको थियो। बेलायती कम्पनी स्पेक्ट्रलाइट यूकेले आजियाटाको ८० प्रतिशत शेयर खरिद गर्ने सम्झौता गरेको हो। यो विषयमा सरकारले छानबिनका लागि उच्चस्तरीय समिति गठन गरेको छ। सांसद सिंहले ऐनसेलको शेयर खरिद बिक्री प्रक्रिया तत्काल रोक्न र कानुनी मान्यता नदिने अन्तरिम आदेश हुनुपर्ने माग रिटमा गरेका छन्।