९ मंसिर २०८१, आईतवार
काठमाडाैं। सरकारले यस वर्षको उखुको समर्थन मूल्य ६ सय ३५ रुपैयाँ तोकेको छ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले उद्योगीले प्रतिक्विन्टल ५ सय ६५ रुपैयाँ र सरकारले दिने अनुदान ७० रुपैयाँ प्रतिक्विन्टल गरी ६ सय ३५ रुपैयाँ तोकिएको सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्।
‘उखुको खरिद मूल्य तोक्न ढिला भएको थियो। आज सरकारले ६ सय ३५ रुपैयाँ मूल्य कायम हुने गरी समर्थन मूल्य तोकेको छ,’ उनले भनिन्।