६ चैत्र २०८२, शुक्रबार
काठमाडाैंकाे माइतीघरमा प्रदर्शन गरिरहेका एक दर्जन बढी मानवअधिकारवादीहरुलाई प्रहरीले पक्राउ गरेको छ। बिहीबार मानवअधिकार तथा शान्ति समाजको आयोजनामा माइतीघरमा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको हो।
प्रदर्शनबाट १५ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीहरुले एनसेल घोटाला प्रकरणमा न्यायिक छानविन आयोग गठन गर्नुपर्ने, राज्यको स्वामित्वमा आउनुपर्ने सम्पत्ति राज्यलाई नै हस्तान्तरण हुनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए।

