६ चैत्र २०८२, शुक्रबार
काठमाण्डौ उपत्यकामा तीन हजारभन्दा धेरै सीसी क्यामरा जडान भएका छन् । उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दीपक थापाका अनुसार अहिलेसम्म उपत्यकाभित्र ३ हजार ४ सय ८५ सीसी क्यामरा जडान भएका छन्।
काठमाण्डौ महानगरपालिका र बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा थप पाँच सय सीसी क्यामरा जडान गरी तीन हजार नौ सय ५६ सीसी क्यामरा जडानको काम अगाडि बढेको एआईजी थापाले जानकारी दिए। उनले सुरक्षा तथा अपराध न्यूनीकरणका लागि सीसी क्यामरा जडानलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।


हिजो टोखा नगरपालिका–९ नयाँ बसपार्क क्षेत्रमा बन्न लागेको सामुदायिक सेवा केन्द्र र प्रहरी प्रभाग गोङ्गबुको भवन शीलान्यास कार्यक्रममा उनले पालिकासँगको सहकार्यमा सीसी क्यामरा जडानको कामलाई प्राथमिकतामा राखेको जानकारी दिए । काठमाण्डौ र ललितपुर महानगरपालिका एवं बूढानीलकण्ठ नगरपालिकासँग मिलेर सीसी क्यामरा जडानको कामलाई तीव्र पारिएको छ ।