६ चैत्र २०८२, शुक्रबार
धनुषाको हंसपुर नगरपालिकास्थित इलाका प्रहरी कार्यालयको हिरासतमा गए राति एक जनाको मृत्यु भएको छ। स्थानीय दीपनारायण मण्डलको प्रहरीले कुटपिट गर्दा मृत्यु भएको भन्दै बिहानैदेखि स्थानीयले प्रदर्शन गरेका छन् ।
आक्रोशितले समूहले इलाका प्रहरी कार्यालयमा ढुंगामुढा गरेका छन्। प्रहरीले हवाइ फायर समेत गरेको छ। धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले स्थिति नियन्त्रणमा लिन केही राउण्ड हवाई फायर गरिएको बताए ।


त्यस क्रममा गोली लागेर एकजना घाइते भएका छन्। स्थानीय शंकर मण्डल घाइते भएका हुन् ।