९ मंसिर २०८१, आईतवार
नेपालीहरूको महान दोस्रो ठूलो पर्वका रूपमा रहेको तिहारलाई लच्छित गरी ६ लाखभन्दा बढीको भारतमा बनाइएका कृत्रिम फूलमाला मुगु जिल्लामा भित्रियको छ ।
मुगु जिल्लामा फूलमालाको व्यवसाय रूपमा खेती नगर्ने थोरैथोरै आ–आफ्नो घरबारीमा लगाएका मखमली, फूलहरू सुकिसकेका र बिगतको वर्षहरूमा तिहार असोज महिनामा पर्ने भएको हुँदा स्थानीय बिभिन्न प्रजातिका फूलहरू समयमा पाइने भएको हुँदा भारतबाट आयातित प्लास्टिकको फूलमाला कमै बिक्री हुने गरेको थियो भने यो वर्ष तिहार कात्तिक महिनाको अन्त्यमा परेको हुँदा जिल्लामा स्थानीय जातमा फूलहरू सुकेका हुँदा भारतमा बनाइएका प्लास्टिकको फूलमाला मुगु जिल्लाको बिभिन्न बजारमा ६ लाखभन्दा बढी फूलमाला भित्रिएको मुगु उद्योग वाणिज्य संघका अध्क्षय कमलबहादुर बूढाले बताएका छन् ।
स्थानीय फूलमाला तिहारका लागि नपाइने भएको हुँदा भारतबाट बनाइएका बिभिन्न मोडल, साइजमा बनेका फूलमाला भारतको रुपैडिहा नेपालगन्ज हुँदै मुगुसम्म २ लाखभन्दा बढीको भारतमा बनेको फूलमाला तिहारका लागि मुगु ल्याइएको छ । प्रतिमालाको मूल्य १५ रुपैयाँदेखि २ सय ५० रुपैयाँसम्म रहेको फूलमाला व्यापारी यादव अर्डर एण्ड सप्लायर्स फर्मका प्रोपराइटर नन्दलाल यादवले बताएका छन् ।
हिजोआज मुगु जिल्लाको गमगढी, छाइल, सोरुकोट, खत्याडमाथि बजार र अन्य सानातिना पसलमा भारतबाट ल्याइएका कपडा र डोरीबाट बनाइएका फूलमालाले बजार झिलीमिली देखिएका छन् ।