पोखरामा कारको ठक्करबाट २ पैदलयात्रुको मृत्यु

होमल्याण्ड खबर

२०८० पुष १० गते, मंगलवार १०:५१ मा प्रकाशित

कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ५ प्रस्याङमा कारको ठक्करबाट दुई जना पैदलयात्रीको मृत्यु भएको छ। गएराति करिब १ बजेतिर बागलुङ बसपार्कबाट जिरो किलोमिटरतर्फ जाँदै गरेको बा १३ च ३७२१ नम्बरको कारले सिद्धार्थ बैंक अगाडि ठक्कर दिंदा पोखरा महानगरपालिका-३ नदीपुर बस्ने २० वर्षीय ढालेन्द्र छन्त्याल र अन्दाजी ३५ वर्षीय देखिने पुरुषको मृत्यु भएको हो।

उनीहरुलाई वडा प्रहरी कार्यालय बैदामको टोलीले उपचारका लागि पश्चिम क्षेत्रीय अस्पताल गण्डकी पठाएकोमा डाक्टरहरुले मृत घोषणा गरेका थिए।

कार चालक फरार रहेकाले खोजी कार्य जारी छ। कारलाई भने वडा प्रहरी कार्यालय बैदामको नियन्त्रणमा छ।