देशभरका विद्यालयले आज ज्येष्ठ नागरिक सम्बन्धी विषय पढाउनु पर्ने

होमल्याण्ड खबर

२०८० पुष ११ गते, बुधबार १०:३१ मा प्रकाशित

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले आज विद्यालयमा ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न आग्रह गरेको छ।  महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको आग्रहमा देशभरका विद्यालयलाई शिक्षा मन्त्रालयले ज्येष्ठ नागरिक सम्बन्धी कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ।

आज देशभर राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। सोही अवसरमा मन्त्रालयले विभिन्न कार्यक्रमहरू आयोजना गर्दैछ। बालबालिकाहरूमा ज्येष्ठ नागरिकका बारेमा जानकारी गराउने उद्देश्यले अध्यापन गराइदिन अनुरोध गर्दै शिक्षा मन्त्रालयलाई पत्र पठाएको थियो।