राष्ट्रपति पौडेलले गरे बागलुङ कालिका भगवतीको दर्शन र पूजा

होमल्याण्ड खबर

२०८० पुष ११ गते, बुधबार १३:३६ मा प्रकाशित

बागलुङ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रसिद्ध धार्मिक स्थल बागलुङ कालिका भगवती मन्दिरको दर्शन र पूजा आराधना गरेका छन्।आजदेखि सुरु हुने सातौं बागलुङ महोत्सवको उद्घाटन गर्न बुधबार बिहान बागलुङ बजारमा आएका राष्ट्रपति पौडेलले प्रसिद्ध शक्तिपीठका रुपमा परिचित बागलुङ कालिका भगवती मन्दिरमा पुगेर दर्शन र पूजा गरेका हुन्।

दर्शनका लागि मन्दिरमा पुगेका राष्ट्रपति पौडेललाई कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्कालगायतका पदाधिकारीहरुले स्वागत गरे।

पूजा आराधनापछि कालिका भगवती गुठी व्यवस्थापन समितिले सम्मान पत्र हस्तान्तरण गरेको थियो। साथै अध्यक्ष खड्काले काठबाट बनाइएको कालिका मन्दिरको मूर्ति उपहार दिए।