बालकुमारीमा गोली चल्यो, एक जनाको मृत्यु

होमल्याण्ड खबर

२०८० पुष १३ गते, शुक्रबार १४:१९ मा प्रकाशित

ललितपुरको बालकुमारीमा शुक्रबार प्रहरीको गोली लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दैलेख घर भइ भक्तपुर बस्ने २३ वर्षीय सुजन राउत रहेका छन् । गोली लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि किस्ट अस्पतालमा लगिएको थियो । उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा एकजना घाइते भएका छन् ।