६ चैत्र २०८२, शुक्रबार
काठमाडौं । सर्वोच्च अदालतले गभर्नर महाप्रसाद अधिकारीविरुद्ध दायर भएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । सुष्मलता माथेमाको एकल इजलासले कारण देखाउ आदेश मात्र जारी गरेको सर्वोच्च अदालतका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।