माइतीघरमा निषेधाज्ञाकाे निर्णयविरुद्ध अन्तरिम आदेश दिन सर्वोच्च अदालतद्वारा अस्वीकार

होमल्याण्ड खबर

२०८० पुष १३ गते, शुक्रबार १६:३१ मा प्रकाशित

माइतीघर मण्डला क्षेत्रमा निषेधाज्ञा जारी गर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले निवेदकको माग बमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

अधिवक्ता भद्रप्रसाद नेपाल (स्वागत नेपाल )ले बिना हातहतियार शान्तिपूर्ण रुपमा भेला हुने नागरिकको अधिकार कुण्ठित गर्न निषेधाज्ञाको निर्णय गरिएको भन्दै रिट निवेदन दर्ता गरेका थिए ।

दर्ता रिटमा न्यायाधीश कुमार रेग्मी र विनोद शर्माको शुक्रबारको संयुक्त इजलासले माग बमोजिमको अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।