राष्ट्रियसभा सदस्य भागबन्डाका लागि सत्ता गठबन्धनको बैठक बालुवाटारमा

होमल्याण्ड खबर

२०८० पुष १५ गते, आईतवार १५:४३ मा प्रकाशित

राष्ट्रियसभा सदस्य निर्वाचन र सिट बाँडफाँडबारे छलफल गर्न बालुवाटारमा गठबन्धनका शीर्ष नेताहरूको बैठक बसिरहेको छ ।

केही बेरअघिबाट सुरु भएको बैठकमा राष्ट्रियसभा सदस्यका लागि कुन दलबाट कति उम्मेदवार उठाउने भन्ने बारेमा छलफल हुने नेताहरूले बताएका छन् ।

साथै समसामयिक राजनीतिक घटनाक्रम बारेमा समेत छलफल हुनेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एसका अध्यक्ष माधव नेपाललगायत नेताहरू सहभागी छन् ।

आगामी पुस २३ गते राष्ट्रियसभा सदस्य उम्मेदवारको उम्मेदवारी मनोनयनको समय तोकिएको छ ।