४ मंसिर २०८१, मंगलवार
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले राष्ट्रियसभा निर्वाचनका लागि यही पुस १८ गतेसम्म उमेदवार सिफारिस गर्न प्रदेश कार्यसमितिलाई निर्देशन दिएको छ ।
आइतबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको केन्द्रीय पदाधिकारी बैठकले यस्तो निर्देशन दिएको हो । उमेदवार सिफारिस गरी पार्टीको संसदीय समितिलाई पठाउन प्रदेश कार्यसमितिलाई जिम्मेवारी दिइएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।
राष्ट्रियसभामा रिक्त हुन लागेका १९ पदमा माघ ११ गते निर्वाचन हुँदैछ । जसका लागि यही पुस २३ गते उमेदवारी मनोनयनको मिति तोकिएको छ ।