९ मंसिर २०८१, आईतवार
इटालियन सिरी ‘ए’ फुटबलमा नापोलीले जित निकालेको छ । शनिबार राति भएको खेलमा नापोलीले जिनोआलाई २ – १ ले हराएको हो ।
जिनोआको मैदानमा नापोलीलाई जित दिलाउन फाबियन रुइजले एक गोल गरे । नापोलीले एक गोल आत्मघाती उपहार पाएको थियो । नापोलीका डाभिड बिरास्चीले आत्मघाती गोल गर्दा क्रिस्टियन कौमेले एक गोल गरेका थिए ।
खेलमा नापोलीले सुरुवाती अग्रता उल्टाएर जित निकालेको हो । खेलको २० औं मिनेटमा कौमेले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर, ६२ औं मिनेटमा नापोलीका रुइजले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए ।
त्यसपछि खेलको ८६ औं मिनेटमा जिनोआका बिरास्चीले आत्मघाती गोल गर्दा नापोलीले २ – १ को महत्वपूर्ण जित निकाल्यो ।
जितसंगै दोस्रो स्थानको नापोलीले १२ खेलबाट २८ अंक जोडेको छ । जिनोआ १४ अंक जोडेर १४ औं स्थानमा छ । लिगको शीर्ष स्थानमा युभेन्ट्स रहेको छ । एजेन्सी ।