न्याय सेवाका ५ सहसचिवको सरुवा, काे कहाँ पुगे ?

होमल्याण्ड खबर

२०८० पुष १८ गते, बुधबार १४:०६ मा प्रकाशित

काठमाडाैं। न्याय सेवा आयोगले न्याय सेवाका ५ जना सहसचिवहरुको सरुवा पनि गरेको छ। सर्वोच्च अदालतका प्रवक्ता एवं मुद्दा महाशाखा प्रमुख भद्रकाली पोखरेल न्यायपरिषदमा सरुवा भएका छन् ।

न्याय परिषदका सहसचिव मानबहादुर कार्की उच्च अदालत पाटनको रजिष्ट्रारमा र उच्च अदालत पाटनका रजिष्ट्रार ठगिन्द्र कट्टेल सर्वोच्च अदालतमा सरुवा भएका छन्।

फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक वेदप्रसाद उप्रेती सर्वोच्च अदालतमा र सर्वोच्च अदालतमा रहेका सूर्यवंश शर्मा कँडेल फैसला कार्यान्वयन महानिर्देशक बनेका छन्।