सिन्धुपाल्चोक केन्द्रविन्दु भएर गयाे भूकम्प

होमल्याण्ड खबर

२०८० पुष १९ गते, बिहीबार ११:०६ मा प्रकाशित

काठमाडौं। सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बिहीबार बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार सिन्धुपाल्चोक केन्द्र बनाएर बिहान १० बजेर १७ मिनेटमा ४.६ म्याग्निच्यूडको भूकम्प गएको हो।

भूकम्प काठमाडौं भक्तपुर र ललितपुरलगायतका स्थानमा पनि महशुस गरिएको छ।

यसअघि गत आइतबार राति १०:२१ मिनेटमा पनि सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प  गएको थियो।