४ मंसिर २०८१, मंगलवार
नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास सिंहदरबारमा उनीहरुबीच भेटवार्ता भएको हो ।
भेटवार्ता क्रममा उनीहरुबीच नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु परिवर्तन असरको न्यूनीकरण र जलविद्युत्को विकासमा सहकार्यका बारेमा छलफल भएको बताइएको छ ।
नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन विदेशमन्त्री डा जयशङ्कर बिहीबार बिहान काठमाडौँ आएका हुन् ।