६ चैत्र २०८२, शुक्रबार
काठमाडौं उपत्यकाका स्थानीय बासिन्दाले मेलम्ची खानेपानी नियमित वितरण गर्नुपर्ने र पानी माथिको चलखेल बन्द गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका छन्।
शुक्रबार पाटन दरबार क्षेत्रबाट र्याली सहित उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले बिरोध प्रदर्शन गरेको हो। उनीहरुले खाली भाडासहित प्रदर्शन गरेका हुन्।


प्रदर्शनकारीले ‘मेलम्चीको पानी माथिको चलखेल बन्द गर्नुपर्ने, मेलम्चीको पानी तत्काल वितरण गर्नुपर्ने लगायतका प्लेकार्ड बोकेका थिए।